Butwal Today

पहिरोले अवरुद्ध बुटवल पाल्पा सडक अझै खुलेन

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल – पाल्पा सडक पहिरोले अवरुद्ध सडक अझै खुल्न सकेको छैन । निरन्तर वर्षासँगै सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर सडक शुक्रबार विहानदेखि अवरुद्ध भएको थियो । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलका प्रमुख निशान थापाले निरन्तर वर्षा र जोखिमका कारण सडक खुलाउन नसकेको जानकारी गराए ।

सडकमाथिबाट खसेको पहिरोपछि यातायात आवागमन शुक्रबार विहानदेखि अवरुद्ध भएको थापाले बताए । मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षाको चेतावनी दिएसँगै सडक सुरक्षामा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सुरक्षा सतर्कताका लागि विहिबार साँझदेखि शुक्रबार विहानसम्म अत्यावश्यक बाहेरकका सवारी साधनलाई बुटवल – पाल्पा सडकमा यात्रा गर्न रोक लगाइएको थियो ।

वर्षाको समयमा नदी तटीय क्षेत्र तथा डुवान हुन सक्ने ठाउँहरुमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई सूचना जारी गर्दै आएको छ । सकेसम्म लामो यात्रा नगरन र गर्नु परेमा पनि आवश्यक जानकारी, सुचना लिएर सुरक्षा सचेतना अपनाउन आग्रह गरिएको छ । बुटवललगायत देशका विभिन्न ठाउँहरुमा विहिबार विहानदेखि नै निरन्तर वर्षा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?