Butwal Today

कांग्रेसको शिवराजको नेतृत्वमा पोख्रेल चयन

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

चन्द्रौटा । नेपाली कांग्रेस शिवराज नगर कार्य समितिको नेतृत्व मधुसूदन पोख्रेलले पाएका छन् । बिहीबार ९आज० नेता तथा कार्यकर्ता बीच बृहत् छलफलपछि पोख्रेल सर्वसहमत चयन भएका छन । यस्तै उप(सभापति गुरू प्रसाद यादव, गंगा देवी देवी चापागाईं चयज भएका छन् । सचिव कमल नाथ चौधरी, सह सचिव रहिमान मियाँ चयन भएको नगर समितिले जनाएको छ ।

यसअघि सहमति समिति बनाएर पटकपटक सहमति गराउने प्रयास गरेपनि नभएपछि निर्वाचनको तयारी गरिएको थियो । यद्यपि चार जनाको नाम चर्चामा थियो । तर उम्मेदवारी भने मधुसूदन पोख्रेल, मोहन केसी र राजु बाबू खरालले मात्रै नाम दर्ता गराएका थिए । पछि पुनस् छलफल पछि पुन दोस्रो पटक पोख्रेललाई सर्वसहमत नगर सभापतिमा चयन गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?