Butwal Today

संविधानभन्दा माथि सत्ता हुनु हुँदैन : पुष्पा भुसाल

३ आश्विन २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची ।

नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले लोकतान्त्रिक शासन व्यवस्था बलियो बनाउन संविधानभन्दा माथि सत्ता हुन नहुने बताएकी छन् ।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै भुसालले जनताबाट निर्वाचित संविधानसभाले निर्माण गरेको संविधान जनताको हितका लागि बनेको उल्लेख गर्दै यसको मर्म र भावनालाई सबैले मनन गर्नुपर्ने बताएकी हुन् ।

भुसालले लोकतान्त्रिक शासन व्यवस्थाको आधार नै संविधानको सर्वोच्चता भएको धारणा व्यक्त गरेकी छन्। उनले राज्य सञ्चालन गर्ने सत्ता संविधानको सीमाभन्दा माथि जान नहुने भन्दै संविधानको संरक्षण र कार्यान्वयनमार्फत लोकतान्त्रिक व्यवस्था बलियो बनाउनुपर्ने सन्देश दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘लोकतान्त्रिक शासन बलियो बनाउन संविधानभन्दा माथि सत्ता हुनु हुँदैन। जनताबाट निर्वाचित संविधानसभाले बनाएको संविधान नेपाली जनताको हितका लागि बनेको हो। मनन गरौँ ।’

भुसालले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामनासमेत व्यक्त गरेकी छन् । नेपालको संविधान जनताका प्रतिनिधिबाट बनेको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, स्वतन्त्रता र समावेशिताको संरक्षण गर्नुपर्ने सन्देश दिएकी छन् ।

उनले संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा नभई जनताको अधिकार र लोकतान्त्रिक व्यवस्थाको आधारका रूपमा बुझ्नुपर्नेमा जोड दिएकी छन् । संविधानको भावना र मर्मअनुसार राज्यका सबै निकाय सञ्चालन हुन सकेमा मात्रै लोकतान्त्रिक शासन व्यवस्था थप संस्थागत र बलियो बन्ने उनको सन्देश छ ।

संविधान दिवसका अवसरमा शुभकामना दिँदै भुसालले संविधानको रक्षा, लोकतान्त्रिक मूल्यको प्रवद्र्धन तथा जनताको अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा सार्वजनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?