© 2026
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आइतबार असोज ४ गते बिहान ८ बजे बस्ने भएको छ। यसअघि असोज १ गते बस्ने भनिएको कार्यदल बैठक चार दिनपछि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी विषयमा छलफल हुनेछ।
त्यसैगरी, एमाले केन्द्रीय सचिवालयको बैठक पनि आइतबार नै दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने आचार्यले जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक भने असोज ५, ६ र ७ गते ललितपुरमा बस्ने तय भएको छ।केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा, पार्टी पुनर्गठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ