© 2026
चन्द्रौटा ।
मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाले बाढीपीडितलाई सहयोग गरेको छ । जिल्लाको शिवराज नगरपालिका९३, खरेन्द्रपुरमा रहेको सहकारीले ११ हजार १०५ रुपैयाँ सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष दीपा अधिकारीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष बैङ्क खातामा शुक्रवार जम्मा गरेको छ । बाढी पीडितलाई केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको उनी बताउँछन् । पिडा जुन ठाउँमा भए पनि चोट चाहिँ आफूलाई पनि लागेको महसुस गर्दै समितिले निर्णय गरेको उनको भनाइ छ ।

यस्तै भोटेकोशी र त्रिशूली बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर तथा कृष्णनगर र शिवराज क्षेत्रका मुस्लिम समुदायले २ लाख ७४ हजार १४० रुपैयाँ सहयोग गरेका छन् ।
समुदायको तर्फबाट १ लाख २३ हजार १४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराउन प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मालाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा डा। सलमान खाँले व्यक्तिगत रूपमा थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
जामियाका नाजिम–ए–आला शेख शमीम अहमद नदवीले विपद्को समयमा पीडितको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताउँदै सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे ।
