© 2026
काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएको पाइएको र उनको निधन भएको अस्पतालका चिकित्सक डा दिवाकर सिंह थापाले जानकारी दिए ।
इलाममा सन् १९६० मा जन्मिएका लेखकसमेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि थिए । उनको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।