Butwal Today

तीज मनाउन माइत आउँदै गरेकी महिलाको मोटरसाइकल दुर्घटनामा मृत्यु

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

सल्यान।  सल्यानमा तीज मनाउन माइत आउँदै गरेकी एक महिलाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर, ३ टोट्के स्थित शितलादेवी मन्दिर नजिक शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दाङको शान्तिनगर गाउँ दिउसो, १ पेदिखोला निवासी ३६ वर्षीया जीता केसीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको जानकारी लगत्तै प्रहरी घटनास्थलतर्फ जान लागेको वडा अध्यक्ष कर्णदेव डाँगीले जनाए ।

जीताको आफ्नै भतिज अन्दाजी ३० वर्षीय कृष्ण केसीले चलाएको रा ४ प २४३ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिइन् । स्थानीय जेबहादुर वलीका अनुसार मोटरसाइकल गुडिरहेका बेला जीताको पछ्यौरी चेनमा बेरिएपछि दुर्घटना भएको हो ।

तीज मनाउन माइत टोट्के आउँदै गरेकी जीताको दुर्घटनामै ज्यान गएको हो । यसअघि शनिबार नै त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?