© 2026
बुटवल । भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ जना नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ती बालबालिकालाई भारतस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र मानव बेचबिखनविरुद्ध भारतको दिल्लीमा कार्यरत संस्था ‘किन इन्डिया’को समन्वयमा उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई पारिवारिक पुनर्स्थापनाका लागि बुधबार बिहान नेपाल ल्याइएको थियो ।
उद्धार गरिएकामध्ये १० जना बालक र पाँच जना बालिका छन् । ‘किन इन्डिया’का निर्देशक नवीन जोशीले उनीहरूलाई मदरसामा पढाउने भन्दै भारत लैजानु, पारिवारिक विग्रह, घरेलु झैझगडा तथा पारिवारिक यौन हिंसालगायतका कारणले जोखिममा परेको बताए ।
“जोखिमपूर्ण अवस्थामा भेटिएपछि उनीहरूको उद्धार गरिएको हो,” उनले भने, “केही बालिका दिल्लीको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका थिए ।”बुधबार अभिभावकको जिम्मा लगाइएका १० जनामध्ये महोत्तरीको सम्सी गाउँपालिकाका छ जना बालक छन् । उनीहरूलाई मदरसामा पढाउने भन्दै भारतको महाराष्ट्रस्थित जलान जिल्लामा पु¥याइएको थियो ।
मदरसामा उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको सूचना पाएपछि महाराष्ट्र प्रहरीको समन्वयमा छापा मारेर उद्धार गरिएको थियो । त्यस्तै पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एक–एक जना बालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नेपाल प्रहरी, नेपाल सरकारका प्रतिनिधि तथा आफन्तको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
भारतबाट उद्धार गरिएका बाँकी पाँच बालबालिकामा पाल्पाका दुई जना बालक, अछाम र कञ्चनपुरका एक–एक जना बालक तथा सिराहाकी एक बालिका छन् । उनीहरूलाई महाराष्ट्र, दिल्ली, झारखण्ड र बिहारलगायत भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
लामो समय परिवारबाट अलग भएका बालबालिका अभिभावकसँग प्रत्यक्ष भेट भएपछि भावुक बनेका थिए । कतिपय बालबालिकाले अभिभावक भेट्दा खुशीका आँसु झारेका थिए भने आफन्तसमेत भावविह्वल भएका थिए ।
तर, सबै बालबालिका भने अभिभावकको घर फर्कन इच्छुक देखिएका छैनन् । पारिवारिक झैझगडा, विग्रह
तथा घरेलु हिंसाका कारण घर फर्कन नचाहने बालबालिकाको सुरक्षा र आवश्यकताका आधारमा वैकल्पिक व्यवस्थापन गरिने जनाइएको छ । त्यस्तै पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एक–एक जना बालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नेपाल प्रहरी, नेपाल सरकारका प्रतिनिधि तथा आफन्तको उपस्थितिमा हस्तान्तरण गरिएको हो । भारतबाट उद्धार गरिएका बाँकी पाँच बालबालिकामा पाल्पाका दुई जना बालक, अछाम र कञ्चनपुरका एक–एक जना बालक तथा सिराहाकी एक बालिका छन् । उनीहरूलाई महाराष्ट्र, दिल्ली, झारखण्ड र बिहारलगायत भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
लामो समय परिवारबाट अलग भएका बालबालिका अभिभावकसँग प्रत्यक्ष भेट भएपछि भावुक बनेका थिए । कतिपय बालबालिकाले अभिभावक भेट्दा खुशीका आँसु झारेका थिए भने आफन्तसमेत भावविह्वल भएका थिए ।
तर, सबै बालबालिका भने अभिभावकको घर फर्कन इच्छुक देखिएका छैनन् । पारिवारिक झैझगडा, विग्रह तथा घरेलु हिंसाका कारण घर फर्कन नचाहने बालबालिकाको सुरक्षा र आवश्यकताका आधारमा वैकल्पिक व्यवस्थापन गरिने जनाइएको छ ।
भारतबाट उद्धार गरिएका बालबालिकाको स्वदेश फिर्ती, मानसिक परामर्श, आवास, अभिभावकको खोजी तथा पारिवारिक पुनर्स्थापनाका लागि ‘किन इन्डिया’सँग शुभ अवसर ग्राम नेपाल र गुड सेफर्ड इन्टरनेशनल फाउण्डेसन नेपालले सहकार्य गर्दै आएका छन् ।
गुड सेफर्ड इन्टरनेशनल फाउण्डेसन नेपालका कार्यक्रम व्यवस्थापक विकास ढुंगानाले भारतमा उद्धार गरिएका बालबालिका तथा महिलालाई स्वदेश फर्काउन सहजीकरण गर्नुका साथै सुरक्षित र दीगो पारिवारिक पुनर्मिलनका लागि काम भइरहेको बताए ।
“पारिवारिक पुनर्मिलन हुन बाँकी बालबालिकाका सम्बन्धित अभिभावकको खोजी गरी पुनर्मिलन गराइनेछ,” उनले भने, “घरेलु हिंसामा परेर घर फर्कन नचाहने बालबालिकाको आवश्यकताअनुसार उचित व्यवस्थापन गरिनेछ ।”