Butwal Today

राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोष वृद्धि हुँदै

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाताहरुले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो ।

लिस्बन (पोर्चुगल) : पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज रु पाँच लाख आर्थिक सहयोग गरेका छन् । उनले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । उनी होटल व्यवसायी हुन् ।

काभ्रेपलाञ्चोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ३२ लाख ४६ हजार ७५२ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।

प्याब्सन पनौतीले रु ११ लाख २४ हजार ३३, प्याब्सन पाँचखालले रु तीन लाख सात हजार ४८४ र बनेपा नगर प्याब्सनले रु १७ लाख ५२ हजार २३५ सहयोग गरिएको प्याब्सनका उपमहासचिव भीमसेन केसीले बताए ।

पर्साः वीरगञ्ज महानगरपालिका– १० को शिवम् बचत तथा ऋण सहकारी संस्थाले रु दुई लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको अध्यक्ष शिवजीप्रसाद कलवारले बताए ।

कपिलवस्तुः तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ५५ हजार सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए ।

तनहुँः तनहुँ समाज, युकेले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु १० लाख १९५ सहयोग गरेको छ ।

समाजले बेलायतमा सङ्कलन गरेको उक्त रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?