Butwal Today

राप्ती लोकमार्ग अवरुद्ध

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

 

सल्यान । मंगलबार रातिको अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत सल्यान दाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

खारखोला क्षेत्रमा मंगलबार रातिदेखि अवरुद्ध सडकमा पहिरो हटाउने काम अन्तिम चरणमा पुगेको डीएसपी पातलीले जानकारी दिए । कपुरकोट भन्दा तल दाङतर्फको क्षेत्रमा भने पहिरो ठूलो रहेकाले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने उनको भनाइ छ ।

सल्यानबाट प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले पनि राप्ती लोकमार्ग अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय दाङका प्रमुख तथा सम्बन्धित अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुसंग सडक तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?