Butwal Today

आज ‘जेनजी’ सहिद दिवस: सार्वजनिक बिदा

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।  आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो  ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?