Butwal Today

साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

पाल्पा । ६० औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता मंगलबार बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, वर्तमान विपद् र नेपालको भविष्य’ विषयक वक्तृत्वकला प्रतियोगिता बगनासकाली गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा उल्लिखित विषयमाथि गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका सहभागी प्रतियोगीहरूले आ–आफ्नो वक्तृत्व राखेका थिए । प्रतियोगितामा चन्द्र माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा निरु थापा प्रथम, ग्राम्य माध्यमिक विद्यालयकी कक्षा ११ मा अध्ययनरत छात्रा रविना परियार द्वितीय, विष्णु माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्र समीप बस्याल तृतीय र सीता माध्यमिक विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा रक्षा वस्याल सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार नगद र प्रमाणपत्र, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश ३ हजार, २ हजार र १ हजार रुपैंया प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी विद्यालयलाई समेत प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष सरस्वती दलार्मी चिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन शिक्षा शाखा प्रमुख निशा पाण्डे र शिक्षा सहायक विन्दु ढकालले गरेका थिए । विजेता प्रतियोगिलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाले विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता खालका अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिइने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजराज पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।बप्रतियोगितामा शिक्षा समन्वय इकाई पाल्पाका शाखा अधिकृत वसन्त भट्ट, गाउँपालिका शिक्षा सहायक विन्दु ढकाल र एम.आई.एस.अपरेटर भोजराज भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रवक्ता, सामाजिक विकास समितिका संयोजक, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?