Butwal Today

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाढीबाट भएको क्षति र पछिल्लो अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन् ।

अवलोकनका क्रममा नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालासँग वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था, होल्डिङ सेन्टरको सञ्चालन तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासबारे जानकारी गराइएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोटको स्थलगत अवलोकन तथा अवस्थाबारे जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ लागेका छन् । बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाबारे जानकारी लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?