Butwal Today

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्तिसहितको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका-७ घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्दै आएका २४ वर्षीय विरेन्द्र मडै रहेका छन् ।

प्रहरीका अनुसार मडैले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने आशयका श्रव्यदृश्य सामग्री तयार गरी सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरेका थिए ।

उक्त सामग्री सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने प्रकृतिको रहेको आरोपमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले मडैलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । पक्राउ परेका मडैमाथि काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?