Butwal Today

कालीमाटीमा अटो दुर्घटना, २ जना घाइते 

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

सल्यान ।  मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सल्यानको कालीमाटीमा अटो दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं, २ वर्दीका २९ वर्षीय प्रेम डाँगी र अटोमा सवार कालीमाटी गाउँपालिका, ५ काल्चेका १८ वर्षीय मेघराज सार्की घाइते भएका हुन् ।

आइतबार राति करिब ८ः २० बजे कालीमाटी गाउँपालिका वडा नं, २ सेतीखोला स्थित कालीमाटी सुर्खेत सडकखण्डमा कालीमाटीबाट गुर्भाकोट तर्फ जाँदै गरेको लु प्र  ०२–००१ ह १५८० नम्बरको अटो अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुवैले मादक पदार्थ सेवन गरेको पाइएको छ । डाँगीको टाउकोमा तथा सार्कीको बायाँ खुट्टामा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?