© 2026
चन्द्रौटा । कपिलवस्तुमा एक बालिकाको मृत्यु भएको छ । सर्पको डसाईबाट बुद्धभुमि नगरपालिका–७, डेरवाकी १३ वर्षीया रिन्की गुप्ताको मृत्यु भएको हो । उनलाई आइतबार साँझा करिब ७: ३० बजे सर्पले डसेको थियो । प्रहरीका अनुसार ओमप्रकाश गुप्ताकी छोरी रिन्कीलाई सर्पले बाँया खुट्टामा डसेको हो ।
उपचारका लागि सर्प दंश उपचार केन्द्र कपिलवस्तुमा सामान्य उपचारपछि जिल्ला अस्पताल तौलिहवामा पु¥याइएको थियो । त्यहाँ चेकजाँचको क्रममा राति करिब ९ बजे डाक्टर उनलाई मृत घोषण गरेको प्रहरीले जनाएको छ ।