Butwal Today

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो ।

प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । यस्तै, विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको छ । नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?