Butwal Today

उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, खोज तथा उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णयअनुसार उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै, उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?