© 2026
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रस्तावमा रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको मानवीय क्षति, बेपत्ता नागरिक तथा व्यापक जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
साथै, घरबारविहीनहरूको व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिनेछ ।
यसैगरी आज दुई संसदीय समितिका बैठक पनि बस्दैछन् ।
बिहान ९ः३० बजे — अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति स् रसुवा बाढी–पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुनेछ ।
अपराह्न १२ः१५ बजे — विधायन व्यवस्थापन समिति स् ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ ।