Butwal Today

घरको छतबाट खसेर सल्यानमा महिलाको मृत्यु

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका, १ निवासी ३६ वर्षीया ललिता सुनार रहेकी छन् । मंगलबार साँझ करिब ७ः१५ बजे आफ्नै नयाँ बन्दै गरेको तीन तले घरको छतमा पानी हाल्ने क्रममा खुट्टा चिप्लिएर उनी भुईँमा खसेकी थिइन् ।

छतबाट खसेर गम्भीर घाइते भएकी सुनारलाई उपचारका लागि नेपालगन्ज स्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति करिब ११ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानतर्फ ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?