Butwal Today

भोटेकोसी बाढीमा मृत्यु भएका सात ७ तानसेनमा व्यवस्थापन

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

पाल्पा । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु भएका सात जनाको शव तानसेनमा व्यवस्थापन गरिएको छ ।

नवलपुरमा फेला परेर पाल्पा ल्याइएका शवको व्यवस्थापन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपछि तानसेन–१, गोर्खेकोटस्थित सामुदायिक वनमा सात जनाको शव व्यवस्थापन गरिएको हो ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार पाल्पा ल्याइएका पहिचान नखुलेका आठ शवमध्ये सात जनाको डीएनए परीक्षणका लागि हुलिया संकलन गरी मापदण्डअनुसार व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार व्यवस्थापन गरिएका शवमध्ये एक बालक, तीन पुरुष, दुई महिला र एक बालिकाको शव रहेका छन् ।

एक जना महिलाको शव भने पहिचान भएको छ । उनको शव नुवाकोटबाट आएका आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?