Butwal Today

महाकालीमा पानीको बहाव वर्षकै उच्च

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ । आज बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । “बेलुकी ६ः०० बजेको मापनमा जलस्तर बढेर एक लाख ८७ हजार २३२ क्युसेक थियो । अहिले एक लाख ८१ हजारमा झरेको छ,” उनले भने, “पानीको बहाव बढेसँगै आज दिनभर बनबासा पुलमा चारपाङ्ग्रे सवारी चल्ने सकेनन् ।”

महाकाली नदीमा जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्सातका बेला पानीको बहाव बढ्दा ठूला सवारी साधनलाई रोक लगाउनु परेको भारतीय पक्षको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो भेगमा वर्षा हुँदा महाकालीमा जलस्तर बढ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?