Butwal Today

शाइन रेसुङ्गा बैङ्कद्वारा ६५ लाख सहयोग

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैङ्कको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति र नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले सो कोषमा रकम सहयोग गरेको बैङ्कले जनाएको छ ।

‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरूलाई सहयोग पु¥याउने मानवीय कार्यमा बैङ्कले ऐक्यवद्धता जनाएको हो’– बैङ्कले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैङ्कले बाढीमा परी दिवङ्गत भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनि सम्पर्कमा नआएका नागरीकहरूको सकुशल उद्धार एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?