© 2026
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि नगद सहयोग गरेको छ ।
समितिले बाढीबाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द पाण्डेयले विपद्का बेला पीडितको साथमा उभिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताए ।
उनले बाढीबाट प्रभावित नागरिकको पीडा कम गर्न सबै क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेको बताउँदै समितिको तर्फबाट गरिएको सहयोगले राहतमा केही योगदान पुग्ने विश्वास व्यक्त गरे ।
