© 2026
काठमाडौं । रसुवामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म १ हजार ५८ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० वटा आंशिक अंग भएका शव रहेका छन् ।
फेला परेका शवमध्ये ९७२ वटाको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, ५८ शव आफन्तलाई बुझाइएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।