Butwal Today

गुल्मीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।

रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित सडक खण्डमा सोमबार बिहान करिब ९ बजे ईश्माबाट तम्घासतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१(००१ ज १०७२ नम्बरको बोलेरो जिप र विपरीत दिशातर्फ जाँदै गरेको लु ४५ प ७९२४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाग्लुङ् ढोरपाटन नगरपालिका–३ बस्ने २० वर्षीय रञ्जित कुँवर घाइते भएका छन्। उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। घाइते कुँवरलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पुराइएको छ।

बोलेरो जिप र चालक गुल्मी ईश्मा गाउँपालिका–१ बस्ने बिनोद थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनास्थल जिल्ला प्रहरी कार्यालय गुल्मीबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक हरि प्रसाद अर्यालको नेतृत्वमा ट्राफिक सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?