Butwal Today

बाढीले धादिङको गल्छीमा ४ घरमा क्षति

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४, चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुर्‍याएको छ ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार त्रिशूली नदीमा पानीको बहाव बढ्दा स्थानीयका घरमा क्षति पुगेको हो ।

उनले भनिन्, ‘बाढीले चार घरमा क्षति पुर्‍याएको भन्ने सूचना पाएको छु । घटनास्थलमा प्रहरीको टोली गइसकेको छ । घर पूर्णरूपमा बगाएको हो कि आंशिक रूपमा क्षति पुगेको हो भन्नेबारे प्रहरीको टोली पुगेपछि मात्रै थाहा हुन्छ ।’

गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले पनि बाढीले चार वटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताए । उनले भने, ‘स्थानीयका चार वटा घरमा क्षति पुगेको भन्ने सूचना पाएको छु । यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।’

त्रिशूली नदीमा पानीको बहाव बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?