Butwal Today

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । भने अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?