© 2026
पर्सा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका पर्साका ३९ जनामध्ये दुई जना परिवारको सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिकामा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ आज बिहानसम्म परिवारको सम्पर्कमा आएका हुन् ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्साका सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह र सञ्जय साह सोनारलगायत ३९ जना सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट १७१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ । तीमध्ये हालसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट आफन्त सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गर्दै आएको छ ।