Butwal Today

किशोर किशोरीमा बढ्दै सीपको आत्मबल

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले स्थानीय नागरिक आयआर्जनमूलक क्षेत्रमा लागेको बताएकी छन् । किर्डाक नेपालको सामाजिक लेख परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

पछिल्लो समय यता रोजगारीसँगै आयआर्जनमा लागेका खबरले सकारात्मक सन्देश दिँदै अरूलाई पनि उत्प्रेरण मिलेको उनले जिकिर गरिन् ।

आत्मनिर्भरसँगै किशोर किशोरीको क्षमता अभिवृद्धि समेत भएको थारुले बताइन् । उनले किर्डाकले गरेका कार्य प्रशंसा गर्दै नयाँ युवा पीढीले आफ्नो लक्ष्य तय गर्न टेवा पुगेको उल्लेख गरिन् । समुदायका आवश्यकता पहिचान गरी पारदर्शी र परिणाममुखी ढङ्गले कार्यक्रम सञ्चालनमा उनले जोडदिईन् ।

वर्तमान पुस्ताले समाज रूपान्तरण पनि उत्तिकै प्रभावकारी भूमिका खेलेको थारुको भनाइ छ । उनले भनिन्, “कार्यक्रमले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्नुपर्छ ।”

यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष रामगोपाल थारुले नागरिकको आर्थिक अवस्था सुधार नभएसम्म समुदायको समग्र विकास सम्भव नहुने बताए । सीप, रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

किशोर किशोरी तथा युवालाई सीप र क्षमता विकासका कार्यक्रममार्फत उद्यमशील बनाउन सके उनीहरूको रोजगारी सिर्जना गर्ने जनशक्तिका रूपमा विकास हुने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले समुदायको आवश्यकता र स्थानीय स्रोतसाधनअनुसार सञ्चालन गरिएका आयआर्जनमूलक कार्यक्रमले नागरिकको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

उनीहरूले गैरसरकारी संस्था र स्थानीय तहबिच सहकार्य भएमा यस्ता कार्यक्रमको प्रभावकारिता अझ बढ्ने बताएका छन् । किर्डाक नेपालकी अनुगमन तथा मूल्याङ्कन अफिसर बिपना खरेल, पत्रकार दिपेन्द्र बडुवाल, विनोद केवटलागयतले बिहीबार कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?