© 2026
काठमाडौँ । रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव फेला परेको छ ।
विभिन्न आठ जिल्लामा ती शव फेला परेका हुन् । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३ र गोरखामा ४४ जनाको शव फेला परेको छ ।
त्यस्तै, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १८८ जनाको शव भेटिएको छ । यो तथ्याङ्क शुक्रबार मध्याह्न १२ बजेसम्मको हो ।
हाल शव फेला परेका जिल्लामै शव व्यवस्थापन भइरहेको छ । चितवनमा शुक्रबारदेखि शवको पहिचानसमेत सुरु गरिने भएको छ । सरकारका प्रवक्ता पोखरेलले बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जानकारी दिए ।
बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको हो ।