© 2026
परासी ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनार ९गण्डक क्षेत्र० मा फेला परेका शवको संख्या १५ पुगेको छ ।
नदीका विभिन्न ठोकर (बाँध) क्षेत्रमा ६ महिला, ६ पुरुष, १ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए ।
प्रहरीका अनुसार रसुवामा आएको बाढीमा परेर नारायणी नदीमा बग्दै आएका उनीहरूको शव सुस्तास्थित गण्डक क्षेत्रमा फेला परेको हो ।
फेला परेका शवहरूलाई पृथ्वीचन्द्र अस्पताल तथा अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । शवको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।