© 2026
काठमाडौं । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरी १६२ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।