Butwal Today

प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा स्टाटस लेख्दै प्रधानमन्त्री शाहलाई ‘२३ भदौमा सिध्याइदिने’ धम्की दिएका थिए । उक्त स्टाटसमा उनले प्रहरीलाई समेत ट्याग गर्नुका साथै प्रहरीप्रति अपशब्द प्रयोग गरेका थिए ।

प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?