Butwal Today

रसुवा बाढी: ४४ नेपाली सेना सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार
अ+
अ-
काठमाडौँ । रसुवाको भोटेकोसीमा एक्कासि आएको बाढीमा परी ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
यसै गरी, बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?