© 2026
काठमान्डौँ ।
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकखण्डमा सवारी आवागमन बन्द रहने जनाएको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोलको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
प्रहरीले बाढी, पहिरो तथा नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।