Butwal Today

हेलिकप्टरमार्फत सयभन्दा बढीको उद्धार

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

रसुवामा बाढीमा फसेका सयभन्दा बढीको उद्धार गरिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरेबाट १३, मैलुङबाट ५, बेतावत्रीबाट ४ र त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको हो ।

उनीहरू सबैको नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा ठूलो क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?