Butwal Today

भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

“भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्”, उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?