Butwal Today

सीमाबाट भित्रिँदै थियो अवैध औषधी

१० भाद्र २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुमा भन्सार छली ल्याइएको अवैध औषधी बरामद गरिएको छ । सशस्त्र प्रहरीले १० लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका महँगा औषधी बरामद गरिएको हो । सीमा क्षेत्रको दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बधबार दिउसो करिब ११ बजे बरामद औषधीमा क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । पोली डी २ सय २२ बोतल, सिपमिडो ६९ पिस, नियोसर्फ २० बक्स, माइकोफिट १४ बक्स, प्याजिनिभ ४ बक्स, भिभ्याट १ बक्स र विभेट्यास १ बक्स बरामद गरिएको हो ।

कृष्णनगर सीमा क्षेत्रमा लुकाएर राखिएको अवस्थामा बरामद भएको औषधी भन्सार छली गरी नेपाल भित्र्याइएको आशङ्का गरिएको छ । बरामद औषधी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए । उक्त घटनाबारे थप अनुसन्धन भइरहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?