Butwal Today

अस्पताल प्रकरणः ठगी मुद्दाका ५ जना धरौटीमा रिहा

१० भाद्र २०८३, बुधबार
अ+
अ-

चन्द्रौटौ । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा भएको रकम हिनामिना प्रकरणमा पक्राउ परेका ५ जना धरौटीमा रिहा भएका छन् । कपिलवस्तुको चन्द्रौटामा रहेको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित अस्पतालको करिब ३८ लाख रुपैयाँ हिनामिना पक्राउ परेका उनीहरु रिहा भएका हुन् । नगरका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईलाई ७ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका कमलप्रसाद भण्डारीलाई ६ लाख ५० हजार रुपैयाँ धरौतमा रिहा भएका छन् । यस्तै विक्रम केसीलाई ३ लाख रुपैयाँ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेयलाई २ लाख रुपैयाँ र फार्मेसी सहायक रुक्सना खातुनलाई ५० हजार रुपैयाँ धरौटीमा ठगी मुद्दामा अदालतले रिहा गरेको हो ।

यसअघि उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी अनुसन्धान भइरहेको थियो । अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम बैंकमा जम्मा भएको देखाउन विभिन्न मितिका १२९ वटा बैंक भौचर प्रयोग गरिएका छन् । तर भौचरमा उल्लेखित ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंक खातामा जम्मा नभएको अनुसन्धानबाट खुलेको थियो । यसै प्रकरणमा अस्पतालका तत्कालीन प्रशासन शाखा प्रमुख वीरेन्द्र मिश्रा र फार्मेसीष्ट लक्ष्मण रिमाल भने वैशाखदेखि नै फरार रहेको छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?