Butwal Today

फिट एन्ड फाइन स्पोर्ट्स क्लबको अध्यक्षमा प्रितम सारू मगर

८ भाद्र २०८३, सोमबार
अ+
अ-

तिलोत्तमा । तिलोत्तमा नगरपालिका–३ मा रहेको फिट एन्ड फाइन स्पोर्ट्स क्लबको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ ।

तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनको सहभागितामा सम्पन्न अधिवेशनले प्रितम सारू मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा यमबहादुर राना र दुर्गा गुरुङ, महासचिवमा भुवन थापा, सचिवमा मोहनसिंह पुन, कोषाध्यक्षमा पुरन राना र सह–कोषाध्यक्षमा टुकबहादुर राना चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा मनबहादुर थापा, लप्सबहादुर थापा, गिरु झेडी, दलबहादुर सारू, शङ्कर थापा, राजन पोखरेल, चेतन राना, ताराबहादुर राना, नेत्र कामु, खुमबहादुर साराङकोटी चयन भएका छन् । सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मेघराज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार उजिरसिंह राना र दिवाकर ज्ञवालीले क्लबले खेलकुदको क्षेत्रमा थप प्रभावकारी काम गर्दै जानुपर्नेमा जोड दिए ।

उनीहरूले खेल खेल्ने र खेलाउनेमा मात्रै सीमित नभई ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्नुपर्ने तथा समय–समयमा प्रशिक्षण र प्रतियोगिता आयोजना गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा श्याम मल्ल, भुवन थापा, रामबहादुर राना, मेघराज भट्टराईलगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?