© 2026
काठमान्डौँ ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै उनले पार्टीको पुनर्गठन अभियानमाथि कटाक्ष गरेकी हुन् ।
‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?’ उनले लेखेकी छन् ।
झाँक्रीले जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको समेत उल्लेख गरेकी छन् ।
उनको उक्त स्टाटसको काउन्टरमा एमालेका युवा नेताहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन् ।