Butwal Today

सल्लाको रूखले च्याप्दा खोटो सङ्कलन गर्ने मजदुरको मृत्यु

७ भाद्र २०८३, आइतबार
अ+
अ-

सल्यान । 

सल्यानमा खोटो सङ्कलन गर्ने क्रममा सल्लाको सुकेको रूख ढलेर च्याप्दा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–२, सिमलकुनाका अन्दाजी ३० वर्षीय विकास सिरिस मगर रहेका छन् । उनी शारदा नगरपालिका–१, श्रीनगरस्थित मनकामना रोजिन एन्ड केमिकल उद्योग प्रालिमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मगर शनिवार दिउँसो शारदा नगरपालिका–५, ढारस्थित सामुदायिक वनमा खोटो सङ्कलन गरिरहेका थिए । सोही क्रममा अचानक सल्लाको सुकेको रूख ढलेर उनलाई च्यापेको थियो ।

घटनाबारे दिउँसो करिब २ः४५ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक भट्टराईको कमान्डमा घटनास्थल अनुसन्धान टोलीसहित ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?