© 2026
दाङ। दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एक आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधबार राति ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९२९ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते मध्ये अटो चालक दाङको घोराही-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान ३ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको हो ।
अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ । ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।