© 2026
नवलपरासी (पश्चिम्) । नारायणी नदीले निरन्तर गरिरहेको सुस्ता कटानको नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ भने कूटनैतिक पहल गरी सीमा विवाद सुल्झाउन समेत ध्यानाकर्षण गराइएको छ ।
सोमबार बसेको सङ्घीय संसद्को शून्य समयमा बोल्दै नवलपरासी १ का प्रतिनिधि सभा सदस्य विक्रम खनालले सुस्ता कटान रोक्न तत्काल कदम नचाले पुरै क्षेत्र बगरमा परिणत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । खनालले यो सँगै सुस्तामा देखिएका सीमा विवादमा कूटनैतिक पहल गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।
नेपालको भूमि बचाउन सक्षम सुस्तावासीहरू आफ्नै घर आगमनबाट नारायणी बग्दा मृत्युको त्रासमा बस्न बाध्य छन्,यदि यसको अल्पकालीन र दीर्घकालीन समाधान खोजिएन भने सुस्ता सबै बगरमा परिणत हुने सम्भावना बढ्दो छ खनालले भने ।
एकातिर सीमा अतिक्रमण र बर्सेनि नारायणी नदी गाउँ पुस्ता सुस्तावासी बिगतदेखि नै आक्रान्त बन्दै आएका छन् । सरकारी निकायको पटक पटकको आश्वासनबाट थकित बनेका सुस्तावासी यस पटक भने तत्काल समस्या समाधानका लागि परिणाममुखी कामको आशामा रहेका छन् ।