© 2026
काठमाडौँ । नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा निधन भएको छ ।
उनको आइतबार राति आफ्नै निवास बुढानीलकण्ठमा निधन भएको परिवारजनले बताएका छन् । उनको शव श्रद्धाञ्जलीका लागि भोलि नेपाल भाषा मंकाः खलःमा राखिने र सोही दिन शोभाभगवतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ ।
श्रेष्ठका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए ।
कवि श्रेष्ठको पहिलो रचना ‘सान्त्वना’ कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उनले २०६० सालमा नेपाल भाषा परिषद्बाट ‘जनकवि’को उपाधि प्राप्त गरेका थिए ।
साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् भएका थिए ।