© 2026
काठमान्डौँ ।
वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
इजलासले आधार र कारणसहित भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
त्यस्तै, जाहेरी दरखास्तसहितको अनुसन्धान फाइल तथा श्रेष्ठको घर र कार्यालयबाट बरामद सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत अदालतमा उपस्थित गराउन आदेश दिइएको थियो ।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।