Butwal Today

रोल्पा पहिरो: हराएकाको खोजी जारी

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

रोल्पा ।  जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा बिहीबार राति खसेको पहिरोमा परी हराएकाको खोजी जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ती अझै बेपत्ता  भएका छन् ।

सोही वडाको फलबाङ्गमा खसेको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको थियो । उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?