Butwal Today

देउवालाई विमानस्थलमै बाजागाजा सहित भव्य स्वागतको तयारी

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरेको छ। करिब ६ महिनापछि बिहीबार नेपाल फर्किन लागेका देउवालाई स्वागत गर्न इतर समूहको राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समितिले तयारी गरिरहेको जनाएको छ।

कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो करिब १२ः३० बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि विदेश गएका देउवा स्वदेश फर्किएपछि शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।

तीन दिनसम्म चल्ने भनिएको भेलामा करिब ५ हजार नेता तथा कार्यकर्ता सहभागी हुने इतर समूहको अनुमान छ। भेलामा पार्टीको आगामी रणनीति, संगठन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?