© 2026
कपिलवस्त । कपिलवस्तुको बाणगंगा नगरपालिका–९ देउराली चोक नजिकै रहेको घोलामा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।शनिबार माछा मार्नका लागि बल्छी खेल्ने क्रममा करिब १० वर्षीय सुजित रानाको घोलामा डुबेर मृत्यु भएको हो। मृतक बालकको शव अहिले पिपरा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भै रहेकोे प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मृतक सुजित रानाका बुबा–आमा रोजगारीको सिलसिलामा भारतमा रहेका थिए। सुजित र उनका भाइ पढाइका लागि आफन्तको घरमा बस्दै आएका थिए। रोजगारीका लागि अभिभावक विदेशमा रहेका बेला बालकको दुःखद् मृत्यु भएपछि परिवार तथा आफन्तजन शोकमा परेका छन्।
घटनापछि स्थानीयवासीले घोला तथा पानी जम्ने स्थानमा बालबालिकालाई एक्लै जान नदिन र माछा मार्ने, पौडी खेल्नेलगायतका गतिविधिमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।